कोरियामा कोरोना सङ्क्रमण बढ्यो

कोरियामा कोरोना सङ्क्रमण बढ्यो

दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ७७ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् । रासस/सिन्ह्वा

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्