जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

<span class='c1'>जुवातास खेलिरहेको अवस्थामा</span> <span class='c2'>नौ जना पक्राउ</span>

काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.७० हजार ३ सय रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्