पर्सा । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद रु.४१ लाख ५५ हजार रुपैयाँ सहित भारत विहार पूर्वी चम्पारण थाना रक्सौल-११ बस्ने २५ वर्षीय राकेश कुमारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतको रक्सौलबाट वीरगंजतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाईकललाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
उनी उपर बैंक तथा वित्तीय संस्था ऐन, २०७३ विरूद्धको कसूरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
फोटो:फाईल