सुनको मूल्य एक हजारले घट्यो

सुनको मूल्य एक हजारले घट्यो

काठमाडौं । सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा एक हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन ९२ हजार ६ सयमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलाको एक हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्