‘पन्छी’ म्युजिक भिडियो सार्वजनिक

‘पन्छी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कलाकारिता विषयलाई उठान गरिएकोे म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ ।

यस गीतमा गायक केतन क्षत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । सो भिडियोमा गीतकार रमेश लुइँटेलकोे शब्द र हेमन्त शिशिरको सङ्गीत रहेको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय हेर्न पाइन्छ ।

‘उड मेरो पन्छी पखेटालाई थाम्दै’, ‘सपना तिम्रो आकाश छुने, स्वतन्त्र भई...’, ‘मलाई छोडी तिमी आफ्नो...’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको सो भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो । मुनाल शिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको जनाइएको छ । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन दर्शक श्रोतालाई आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्