ललितपुरमा नगर प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनबाट गस्ती गर्ने

<span class='c1'>ललितपुरमा नगर प्रहरीले दुई</span> <span class='c2'>पाङ्ग्रे सवारीसाधनबाट गस्ती गर्ने</span>

ललितपुर । ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिट्टोछरितोका साथै चुस्त तथा दुरुस्त बनाउन उक्त काम अघि सारेको हो ।

उक्त कार्यक्रमको घण्टी बजाएर आज उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सो साधनमार्र्फत नगरवासीको सहयोग गर्न तथा घटनास्थलमा तुरुन्तै पुग्नाका साथै महानगरको सुव्यवस्था कायम गर्न नगर प्रहरीको हितमा आफूहरुले पाँच विद्युतीय स्कुटर प्रयोगमा ल्याएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “यस साधनले गाडी नजाने साँघुरो बाटोमा पनि तत्काल पुगी काम गर्न तथा पार्किङको रेखदेख र व्यवस्थापन गर्न एवं ट्राफिक जामका साथै सवारी दुर्घटना हुनसक्ने गरी अनाधिकृत रुपमा गरिएका पार्किङलाई कारबाही गर्नसमेत सहयोग पुग्नेछ ।”

दुईपाङ्ग्रे सवारी साधनले नगर सरसफाइ गर्नाका साथै अनाधिकृत रुपमा राखिएका विज्ञापन तथा होर्डिङ बोर्ड नियन्त्रणमा ध्यान दिने उहाँले बताउनुभयो । नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले सो साधनमा गस्ती गर्दा सार्वजनिक आवागमनमा बाधा पु¥याउने फुटपाथ पसल हटाउन तथा मापदण्डविपरीत अनाधिकृतरुपमा निर्माण गरिएका संरचना बनाउन नदिइने बताउनुभयो ।

‘राफ्ट बारिएर’ मोडलको एवं चार्ज गर्न दुईदेखि तीन घण्टा लाग्ने तथा त्यसको ब्याट्रीको पावर दुई किलोवाटको रहनाका साथै सो साधनको ड्राइभिङको दायरा ७० देखि १०० किलोमिटर रहने जानकारी गराइएको थियो । त्यसैगरी सो कार्यक्रममा उक्त दुई पाङ्ग्रे साधन नियमित गस्ती गर्न नगरवासीको सहयोगमा घटनास्थलमा पाँच मिनेटमा पुग्न सक्ने पनि सुनाइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्