पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्नुपर्ने माग

पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्नुपर्ने माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्दा पालिकाबाट गर्नपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा उहाँले मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकाका गर्नुपर्ने र सोही क्रममा राष्ट्रिय परिचयपत्रसँगै दिने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद मीना सुब्बाले निर्वाचन आयोगका धेरै सामग्री प्रयोगविहीन भएकाप्रति ध्यानाकर्षण गराउनुभएको छ । आयोगले किनेका ५२१ ल्यापटप, कलर प्रिन्टर, अत्याधुनिक छपाइ मेसिन प्रयोगविहीन भएको उहाँको भनाइ थियो ।

सांसद महेश बस्नेतले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा गम्भीरतापूर्वक लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामेश्वर राय यादवले मधेशमा अत्याधिक गर्मीका कारण किसानले पानी र मलको अभावमा खेती गर्न कठिन परेको र भोकमरी बढ्दै गएको हुनाले मधेशलाई सुक्खाग्रत क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

सांसदहरु मायादेवी ज्ञवाली, मैनाकुमारी भण्डारी, मोहन बाँनिया, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवालीलगायतले खेतीको समयमा सरकारले मल ल्याउन नसक्दा किसान मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्