भ्रामक सूचना प्रवाह नगर्न चीनको चेतावनी

भ्रामक सूचना प्रवाह नगर्न चीनको चेतावनी

चीनले सिनजियाङ प्रान्तमा मानवअधिकार उल्लङ्घनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनलाई दबाउन खोजेको आरोपको खण्डन गर्दै त्यसको कडा शब्दमा प्रतिक्रिया दिएको छ । “भ्रामक सूचना प्रयोग गरेर चीनविरुद्ध गरिने गाली र आक्रमणको हामी दृढतापूर्वक विरोध गर्दछौँ, चीनको न्यायपूर्ण अडानलाई विकासोन्मुख देश र अन्तर्राष्ट्रिय समुदायबाट सुदृढ समर्थन प्राप्त भएको छ, राजनीतिक परिवर्तनमा संलग्न हुन सिन्जियाङलाई प्रयोग गर्ने, चीनको प्रतिष्ठालाई धमिलो पार्ने र चीनलाई नियन्त्रणमा राख्ने र दबाउने प्रयास सफल हुने छैन,” चिनियाँ विदेश मन्त्रालयका वाङ वेनबिनले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बेलायतको एउटा सञ्चार माध्यमले लगाएको आरोपको खण्डन गर्दै भनेका छन् । चीनले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटलाई सिनजियाङमा भएको मानवअधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदनलाई दबाउन आग्रह गर्दै पत्र पठाएको बेलायतस्थित सञ्चारमाध्यमले बताएपछि विदेश मन्त्रालयका प्रवक्ताको कडा प्रतिक्रिया आएको हो । गत मे महिनामा उच्चायुक्त बाचेलेटले सिनजियाङको भ्रमण गरी त्यहाँको मानवअधिकारस्थितिबारे जानकारी लिएकी थिइन् । रासस/एएनआई/p>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्