अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ ।

आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन् ।
सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का हल्का लक्षण अनुभव गरेका छन् । उनले प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन् । सिँगान बग्ने, बेलाबेलामा सुक्खा खोकी लाग्ने र केही थकान महसुस उनले गरेका छन् । उनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन् । रासस/सिन्ह्वा

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्