पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार ८ सय ३८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो ४८ घण्टामा देशभर ३ लाख ८६ हजार ७ सय ८२ जनाले खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ४१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्