सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्विर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ स्थायी वतन भएका ईनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्विर अपलोड गरी पीडितका साथीहरूसँग पैसा समेत माग्ने र सामाजमा झुठा अफवाह फैलाउनुका साथै सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशयका शब्दहरू पोष्ट गरेको खुल्न आएको छ ।

साथै पीडित महिलाले ईनड्राईभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोवाइल नम्बर सहितको विवरणको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको खुल्न आएको छ । पीडितहरूलाई ब्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, दु:ख, हैरानी दिई बदनाम गराई चरित्र हत्या गर्ने कार्यमा संलग्न कर्मलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्