भारतमा शुक्रबार थप २१ हजारभन्दा बढी कोभिड सङ्क्रमित

भारतमा शुक्रबार थप २१ हजारभन्दा बढी कोभिड सङ्क्रमित

भारतमा शुक्रबार पनि कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका अधिकारीहरूले बताएका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा विगत २४ घण्टामा २१ हजार ८८० थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमित भएका पुष्टि गरिएको छ ।

सङ्क्रमितको सङ्ख्यामा भएको वृद्धिसँगै भारतमा पछिल्लो समय दैनिक सङ्क्रमण दर ४.५१ प्रतिशत र साप्ताहिक सङ्क्रमण दर ४.५१ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्