अनेरास्ववियुको विधान महाधिवेशन असोजमा

<span class='c1'>अनेरास्ववियुको विधान</span> <span class='c2'>महाधिवेशन असोजमा</span>

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला’ असोजमा हुने भएको छ ।

अनेरास्ववियुको पदाधिकारी बैठकले आगामी असोज १ देखि ३ गतेसम्म सङ्गठनको विधानबारे छलफल गर्नका लागि महाधिवेशन बोलाएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।

यस्तै बैठकले जिल्ला र सो मातहतका कमिटीको अधिवेशन साउन महिनाभित्र सक्न निर्देशन दिएको छ । अध्यक्ष बरालका अनुसार विधान महाधिवेशनमा सङ्गठन संरचना, नीतिगत तथा शैक्षिक आन्दोलनका विषयमाथि छलफल हुनेछ । उहाँले विधान महाधिवेशनपछि राष्ट्रिय महाविधेशन गर्ने बताउनुभयो ।

यसैगरी भदौ १५ गतेभित्र प्रदेशस्तरीय शिक्षण तथा भेला र विश्वविद्यालय राष्ट्रिय कमिटीका सम्मेलन, भेला गर्ने निर्णय गरिएको छ ।

बैठकले विश्वविद्यालयमा नियमितरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन केन्द्रीय कमिटी र क्याम्पस तहका स्ववियु निर्वाचनको आवश्यकता सन्र्दभमा रचनात्मक दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिनुभयो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्