दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, ३ बेपत्ता

<span class='c1'>दक्षिण इरानमा आएको बाढीमा २१</span> <span class='c2'>जनाको मृत्यु, ३ बेपत्ता</span>

इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।

इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मेहदी भलिपुरले ८९ जना फसेको र त्यहाँ उद्धारकार्य जारी रहेको बताएका छन् । त्यसैगरी अर्ध-आधिकारिक मेहर समाचार एजेन्सीसँग कुरा गर्दै इस्टाबानका गभर्नर युसेफ कारगरले फेला पारिएका शवमध्ये १३ जनाको पहिचान भइसकेको जानकारि दिएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रमा फसेका ५५ जनाको उद्धार गरिएको छ र उद्धार कार्य जारी रहेको छ । गभर्नरले शुक्रबार साँझ भारी वर्षा हुनुअघि सम्भावित जोखिम बारे कडा चेतावनी जारी नगरेको भन्दै इरानको मौसम विज्ञान सङ्गठनलाई दोषी देखाएका छन् । रासस/सिन्ह्वा

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्