सुनको मूल्य बढ्याे

सुनको मूल्य बढ्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९४ हजार ५०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु.९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु.५०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९४ हजार पुगेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु.९३ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु.१० ले घटेर रु.एक हजार १५५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्