मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, न्युजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्