सर्लाही । हरिवन नगरपालिका-११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित भारत सितामढी सोनवर्षा परछुहिया-९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो:फाईल