प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

भक्तपुर । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका-१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले प्रहरीमाथि नै हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्