फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु

<span class='c1'>फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा</span> <span class='c2'>तीन जनाको मृत्यु</span>

फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।

एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ ।

उक्त घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ । फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ । "हामी यस घटनाबाट अत्यन्तै विचलित भएका छौँ र शोकमग्न छौं," स्थानीय सरकारी इकाईका मेयर जोय बेलमोन्टेले एएफपीलाई बताएका छन् ।

फिलिपिन्समा बन्दुक राख्न पाउँने बारे खुकुलो नियम भए पनि विद्यालय र विश्वविद्यालयमा गोली चल्ने घटना भने कमै हुने गरेका छन् । तर चुनावका समयमा राजनीतिकर्मी हरू माथि भने यस्ता हत्याका घटनाहरू हुने गर्दछन् । रासस/एएफपी

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्