विराटनगर–१८ बुधनगरसम्म रेलमै आए भारतीय रेल्वेका कर्मचारी

विराटनगर–१८ बुधनगरसम्म रेलमै आए भारतीय रेल्वेका कर्मचारी

विराटनगर । भारतको बथनाहा–मोरङको कटहरीसम्म विस्तार रेलमार्ग अन्तर्गत विराटनगर–१८ आईसीपीसम्मको ७ किलोमिटर दुरीमा आइतबार बिहान रेलको परीक्षण गरिएको छ । उद्योग संगठन मोरङमा आयोजित छलफलमा सहभागी हुन भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजल मेनेन्जर एस.के.चौधरी रेल चढेर आईसीपीको नेपाल कष्टम यार्डसम्म आएका हुन् । रेलवे विस्तार क्षेत्रको निरीक्षणका लागि ओ एच ई निरीक्षण यान लिएर चौधरी त्यहाँ आएका हुन् ।

रेलवे विभाग नेपालका इन्जिनियर रोशनकुमार देवले निर्माण सम्पन्न भईसकेको लिकको परीक्षणसँगै सञ्चालनका लागि तयारी भए÷नभएको निरीक्षण गर्न भारतीय टोलिले रेल लिएर आएको जानकारी दिनुभयो । रेल नेपाल कष्टम यार्डमा आएपछि त्यहाँ सामुहिक तस्वीर समेत लिइएको थियो ।

आईसीपीसम्म रेल सञ्चालन गर्नका लागि उद्योगी–व्यवसायीले आग्रह गर्दै आएका छन् । त्यसैका लागि उद्योग संगठन मोरङले भारत र नेपालको रेलवे विभाग, स्थानीय प्रशासन, विराटनगर महानगरपालिका र भन्सारका प्रतिनिधि सम्मिलित छलफल आइतबार आयोजना गरेको थियो । त्यो छलफलमा आउँदा भारतीय रेल्वे कटिहार डिभिजनका अधिकारीहरुको टोलिले रेलमै आएका हुन् । उनीहरुलाई त्यहाँसम्म ल्याएर लगतै रेल फर्काइएको थियो ।

कार्गो रेल सञ्चालनका लागि दुई देशबीच आवश्यक प्रक्रिया पूरा गर्ने र कष्टम यार्डदेखि आईसीपीसम्मको पहुँच मार्ग विस्तार गर्ने विषयमा छलफल सुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपीसम्मको पहुँच मार्ग विस्तारको काम अगाडी बढाए मालवस्तु बोकेका कन्टेनर लिएर भारतबाट सोझै रेल आउनसक्ने भएको छ । त्यसका लागि निर्माणका लागि दुईदेशबीच सम्झौता भएको १८.६ किलोमिटर दुरीमध्ये निर्माणसम्पम्न भएको आईसीपीसम्मको ७ किलोमिटरमा रेल ल्याउन मूल सम्झौता पुनरावलोकन गर्नुपर्ने हुन्छ ।

कटहरीका स्थानीयले जग्गा मुआब्जाको विषयलाई लिएर मुद्दा हालेपछि तीन खण्डमध्ये दुई खण्डमा काम भईरहेको छ । त्यसमध्ये पहिलो खण्ड आईसीपीसम्म निर्माण सम्पन्न भएको छ । आईसीपीदेखि विराटनगर–रंगेली रोडसम्मको दोस्रो खण्डको काम भईरहेको छ । रंगेली रोडदेखि कटहरी–१ को महेशपुर खण्डको अन्तिम स्टेशनको काममा अवरोध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्