मलेसियामा एक दिनमा दुई हजार भन्दा बढी सङ्क्रमित

<span class='c1'>मलेसियामा एक दिनमा दुई</span> <span class='c2'>हजार भन्दा बढी सङ्क्रमित</span>

आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५१ हजार छ सय ५१ पुगेको छ भने ३५ हजार नौ सय १४ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयले चार हजार १२ जना कोरोना मुक्त भएका छन् । यसैसँगै निको हुनेको कुल संख्या ४५ लाख ६७ हजार ४८५ पुगेको छ ।

त्यहाँ ४८ हजार २५२ सक्रिय सङ्क्रमित रहेका थिए । जसमा ५४ जनालाई सघन उपचार केन्द्रमा राखिएका छन् । ३२ लाई सास फेर्न मद्दतको आवश्यकता परेको छ ।

देशमा आइतबार १२ हजार पाँच सय ८० खोपको डोज दिइएको र ८५.९ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज, ८४ प्रतिशतले पूर्ण खोप, ४९.५ प्रतिशतले पहिलो बुस्टर र ०.९ प्रतिशतले दोस्रो बुस्टर पाएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्