चलचित्र विकास बोर्डको अध्यक्षमा केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा केसी नियुक्त

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए । केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्