दुई दिन बढेको नेप्से परिसूचक आज ४४ अंकले घट्यो

<span class='c1'>दुई दिन बढेको नेप्से परिसूचक</span> <span class='c2'>आज ४४ अंकले घट्यो</span>

काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको शेयर बजार मंगलबार पुनः ओरालो लागेको छ। गत साताको शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन उच्च अंकले बढेको नेप्से परिसूचक आज ४४ अंकले घटेको हो ।

राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजानिक गर्दै शेयर लगानीकर्ताको केहि मागलाई सम्बोधन गरिदिएको थियो। जसले गर्दा दुई दिन बजार सकारात्मक देखिएको छ ।

मंगलबार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको छ भने ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर कारोबार भएको छ। सोमबार बजार परिसूचक ५४ अंकले बढेको दिन ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । आज नेप्सेमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा १३३ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूहमा ११४ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा १०३ अंकको गिरावट आएको छ ।

यसका साथै, लघुवित्त समूहमा ११० अंकको गिरावट आएको छ भने उत्पादनमूलक समूहमा ९४ अंकको गिरावट आएको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ७८ अंक, अन्य समूह ५७ अंकले घटेका छन् । यी बाहेक अन्य समूहमा समेत उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४४ अंकले खुम्चिएको दिन आज मल्टिप्रपोज वित्त कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको सेयर प्रतिकित्ता २८ रुपैयाँले बढेर प्रतिकित्ता ३३२ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्