सास्थम कलेजमा सेकेण्ड हिट कुकिङ्ग कम्पिटिसन

सास्थम कलेजमा सेकेण्ड हिट कुकिङ्ग कम्पिटिसन

विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको सास्थम कलेजमा सेकेण्ड हिट कुकिङ्ग कम्पिटिसनको .. समुह विजेता भएको छ ।

यस अघि स्वीज सरकार र नेपाल सरकारद्धारा २०७६ मंसिर १ गतेबाट सुरु भएको २४ महिने प्रि डिप्लोमा ईन होटल मेनेजमेन्टका विद्यार्थीहरुलाई औधोगिक परिक्षार्थीको रुपमा विभिन्न तारे होटलहरुमा कामको लागी पठाएको थियो ।

औद्योगिक परीक्षार्थीहरुले तारे होटलहरुमा किचन, फ्रन्ट अफिस, वेटर्स, फुड प्रोडक्सन जस्ता क्षेत्रमा काम गरेका थिए । कोरोना कहरका कारण झण्डै १ बर्ष रोकिएको कार्यक्रम गत २०७९ वैसाख १० गते समापन भएको थियो । तीनै मध्ये औद्योगिक प्रशिक्षार्थीहरुबाट सोमबार सेकेण्ड हिट कुकिङ्गको कम्पिटिसन गराइएको थियो । विराटनगरमा भएको सेकेण्ड हिट कुकिङ्ग कम्पिटिसनको निर्णायक अन्तराष्ट्रिय स्तरमा नाम कमाएका कुकिङ्ग माष्टर सन्तोष साह रहेका थिए ।

उनीहरुलाई ८ वटा समुहमा विभाजन गरेर सेकेण्ड हिट कुकिङ्गको कम्पिटिसन गराएको थियो । नेपालमा उत्पादित अलैचीलाई प्रयोग गरी नेपाली खानाको परिकार विद्यार्थीले बनाएका थिए । फस्ट हिट कुकिङ्ग कम्पिटिसन यस अघि चितवनमा भएको थियो भने सेकेण्ड हिट कम्पिटिसन विराटनगरमा भएको सास्थम कलेजका एकाउण्ड मेनेजर राजेश गुरुङले जानकारी दिए ।

सेकेण्ड हिट कम्पिटिसनबाट छनौट भएका विद्यार्थीलाई आगामी काठमाडौंमा हुने फाईनल हिट कुकिङ्गमा सहभागिता जनाउन सक्नेछन् ।

कम्पिटिसनमा सहभागी विद्यार्थीहरुले नेपालमा पाईने अलैचिलाई प्रयोग गरी विभिन्न नेपालीपनका मिठा मिठा परिकार बनाई आउने अतिथीहरुलाई खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्