बङ्गलादेशले टी–२० विश्वकप आयोजना गर्ने

<span class='c1'>बङ्गलादेशले टी–२० विश्वकप</span> <span class='c2'>आयोजना गर्ने</span>

बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टी–२० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकुद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको छ ।

साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ । मङ्गलबार आईसीसीले प्रकाशन गरेको विज्ञप्तिमा भारतले सन् २०१३ पछि पहिलो पटक यो क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको बताइएको छ ।

यसैगरी आईसीसीले श्रीलङ्काले सन् २०२७ मा महिला टी–२० च्याम्पियन ट्रफिको आयोजना गर्ने भएको हो । आईसीसी बोर्डले प्रतिस्पर्धाका आधारमा ती प्रतियोगिताहरुको आयोजना गर्न दिने गरी छनोट गरेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्