नेप्से परिसूचक आज २३.८३ अंकले बढ्यो

नेप्से परिसूचक आज २३.८३ अंकले बढ्यो

काठमाडौं । मंगलबार झण्डै ४४ अंकले घटेको शेयरबजार बुधबार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २ हजार १ सय ११ दशमलव ९९ विन्दुमा पुगेको छ ।

व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएको छ । यसबाट ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रो र राष्ट्रउत्थान लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । भने नेष्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावरसमेत धेरै बढ्ने कम्पनीमा रहे । डिभेन्चरहरुको मूल्य भने धेरैको घटेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्