इराकमा उच्च सुरक्षा तोडेर प्रदर्शनकारी संसद भवनमा प्रवेश

इराकमा उच्च सुरक्षा तोडेर प्रदर्शनकारी संसद भवनमा प्रवेश

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्म गुरु मोक्तादा अल–सद्रका सयौं समर्थक संसद भवन प्रवेश गरेका हुन् ।प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका बताइएकाे छ । गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। प्रर्दशनका क्रममा उनीहरुले उच्च सुरक्षा क्षेत्र तोडेर संसद भवन छिरेपछि परिस्थिती असामान्य बन्दै गएको छ । प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमाबाट सबै संसदहरु बाहिरी सकेका थिए । प्रधानमन्त्रीका लागि पछिल्लो नामाङ्कनले आक्रोशित प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि नाराबाजी र रमाइलो गरेका थिए ।

प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न आग्रह गरेका छन् । विबिसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्