विराटनगरमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ को आउटलेट, सबैको रोजाई बन्दै

विराटनगरमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ को आउटलेट, सबैको रोजाई बन्दै

प्रेम देवान
विराटनगर । पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको रेस्टुरेन्ट हो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ । युवाको समूहमा निकै लोकप्रिय बनेको रेस्टुरेन्ट अहिले विराटनगरको हिमालय रोडमा रहेको एसवीआई बैकको माथील्लो तल्लामा संचालनमा आएको छ । गत असार २४ गतेबाट सुरुवात भएपनि यसको औपचारिक रुपमा भने उद्धघाटन गरिएको छैन ।

उद्घाटन नगर्दै पनि ग्राहकको चाप बढिरहेको छ । विशेष गरी काठमान्डौ उपत्यका मात्र बढी शाखाहरु भईरहेको बेला विराटनगरमा पहिलो पटक दुई युवाले संचालनमा ल्याएका हुन् । राजविराजका डाक्टर प्रविन यादव र विराटनगरका सिए सुवास यादवले १ करोड २५ लाखको लगानीमा ‘द बर्गर हाउस ’ को आउट लेट विराटनगरमा संचालनमा ल्याएका हुन् ।


बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको कर्पोरेटका संचालक बसन्त लामाबाट ५ लाखमा आउटलेट किनेका हुन् । द बर्गर हाउसमा विशेषगरी बर्गर र क्रन्ची फ्राइड चिकेनका पारखीको बाक्लो जमघट हुने गर्दछ । कतिपय त हुक्काको स्वाद लिन र ब्रियानी , ससेज, फ्राइ राइस, मःम वा चलनचल्तीकै खानासँगै कटकेटल र मकटेल विभिन्न स्वादमा पाईने बर्गर हाउसका संचालक प्रविन यादवले बताए ।
बर्गर हाउस एण्ड क्रउन्ची फ्राइड चिकेनको कर्पोरेट कार्यालयबाट नै अनुभवी सेफहरु आएर खानाका परिकार बनाउदै आएका छन् । विराटनगरमा संचालनमा ल्याइएको द बर्गर हाउसमा १५ जना बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको यादवले बताए । ‘ विराटनगर प्रदेश एक राजधानीमा बढी मानिसको जमघट हुने भएका कारण हामीले पनि बर्गर हाउसको आउटलेट ल्याउन सफल भयौ’, उनले भने ‘उद्घाटन नगर्दै पनि ग्राहकको चाप बढिरहेको छ । अरु २ वटा आउटलेट थप गर्ने विस्तारमा छौ । ’


अबको केहीदिनमा हामी भव्यरुपमा उद्धाटन ल्याउने तयारीमा छौ । उद्घाटन पश्चात अझ बढ्ने विश्वास छ ।’ युवा पुस्तादेखि पाका पुस्तासम्मका लागि उनीहरुको रोजाइका परिकार पाइने भएकाले पनि ग्राहकको आकर्षण बढ्ने यादवको भनाई छ । शुक्रबार र शनिबार लाइभ म्युजिक हुने गरेका कारण विशेषगरी १६–३० वर्ष उमेर समूहका युवायुवतीले खाजा खाने र झुम्ने÷रमाउने गरेको आउटलेटमा पारिवारिक जमघट पनि बाक्लिँदै जान थालेको छ ।


बर्गर हाउसको काठमान्डौ बाहेक पश्चिम धनगढी र महेन्द्रनगर, तराईमा जनकपुर, भैरहवा, नेपालगञ्ज, चितवन, सर्लाही र विरगञ्ज संगै पूर्वमा धरान , ईटहरी उर्लाबारी , बिर्तामोड र दमक र हाल विराटनगरमा केही दिन अगाडी संचालनमा ल्याइएको छ । बर्गर हाउस एण्ड क्रउन्ची फ्राइड चिकेनले विशेष गरी बर्गर, क्रन्ची चिकेन, मःम, फ्राई राइस, बिर्यानी लगायत परिकार पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्