झापाको भद्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

झापाको भद्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । झापाको भद्रपुर नगरपालिका ७ का ४० बर्षीय भोटलाल गणेश राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ ।

माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका राजबंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा बिहिबार बेलुका करिब साढे ५ बजे मृत्यु भएको थियो । झापा मेचीनगर नगरपालिका ४ स्थित आमडागीमा रहेको ईलाम टि प्रोडुसर प्रा.लि. को भबन बनाउने मजदुर रहेका राजबंशी सोही निर्माणाधीन भवन नजिकै रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा बिहिबार दिउँसो करिब साढे ४ बजे करेन्ट लागी घाईते भएका थिए ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्