उदयपुरबाट लागुऔषध सहित एक जना पक्राउ

उदयपुरबाट लागुऔषध सहित एक जना पक्राउ

विराटनगर । उदयपुरको बेलका नगरपालिका १ आम्बासि स्थितबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका ७ मदन चौक बेल्टार बस्ने ३४ बर्षीय निर्मल घिसिङ रहेका छन् । बिहिबार दिउँसो करिब साढे ४ बजे अस्थाई प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले पैदल आउदै गरेका घिसिङको साथबाट प्रतिबन्धित लागुऔषध फेनारगन २८ एम्पुल, डाईजोपाम २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल बरामद गरेको हो ।

पक्राउ परेका घिसिङको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्