दक्षिण कोरियामा एकैदिन ८५ हजार तीन सय २० जनामा कोरोना सङ्क्रमण

<span class='c1'>दक्षिण कोरियामा एकैदिन ८५ हजार तीन</span> <span class='c2'>सय २० जनामा कोरोना सङ्क्रमण</span>

दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।

अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ । तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ । यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ । यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्