धरानबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>धरानबाट बैंकिङ कसुर मुद्दाका</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं.०६ घर भई हाल सुनसरी धरान उप-महानगरपालिका वडा नं. ०९ बस्ने ३२ बर्षीय लक्ष्मण कार्की रहेका छन् । कार्कीलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा बिहिबार धरान उपमनपा वडा नं. १२ छाताचोक स्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । फरार रहेका कार्कीको बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७७।०९।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरीवाना भई लगत नं. ७६१ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।

पक्राउ परेका कार्कीलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्