बाढीमा परी इरानमा २६ जनाको मृत्यु

बाढीमा परी  इरानमा २६ जनाको मृत्यु

इरानका विभिन्न चार प्रान्तमा बिहीबार राति आएको भीषण बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ ।
दक्षिणपूर्वी इरानको तेहरान, सिस्तान र बलुचेस्तान र उत्तरी इरानको मरकाजी र माजान्दरान प्रान्तहरू भीषण बाढी आएको हो। केही दिन अघिदेखि थुप्रै इरानी शहरहरूमा भारी मनसुन वर्षा भइरहेको छ जसले प्रत्यक्षरूपमा जनधनको क्षति गराएको छ ।

भारी वर्षाले इरानका २० प्रान्तहरू बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् जसका कारण १०० काउन्टी र ३०० गाउँमा ठूलो क्षति पुगेको छ। रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्