चिमडीमा नेरुडेद्धारा डस्टबिन वितरण

चिमडीमा नेरुडेद्धारा डस्टबिन वितरण

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्यचौकी चिमडीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितीमा बर्जु गाउपालिका वडा नं. ६ को वडा कार्यालयलाई, ईलाका प्रहरी कार्यालय चिमडी, स्वास्थ्यचौकी चिमडी, माध्यमिक बिद्यालय चिमडीलाई गरी १७ थान डस्टविन संस्थाले उपलब्ध गराएको हो ।

कार्यक्रमम ावित्तीय संस्थाका योजना तथा उद्यम विकास व्यवस्थापन विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले कार्यक्रमको उद्घेश्य माथि प्रकाश पार्दे स्वागत मन्तव्यव्यक्त गर्नु भएको थियो । नायव महाप्रबन्धक भाग नारायण साहुले संस्थागत परिचय साथै लघुवित्त संस्था तथा समुदायबीचको अन्तरसम्बन्धका बिषयमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बर्जु गाउपालिकाका अध्यक्ष जिबछ राय तथा बिषेश अतिथिमा गाउपालिका उपाध्यक्ष नितु कुमारी चौधरी, वडा नं. ६ का वडाध्यक्ष अशोक कुमार चौधरीको उपस्थिति रहेको थियो ।

राष्ट्रिय स्तरको नेरुडे लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०९ वटा शाखाकार्यालय मार्फत १ लाख ६० हजार ग्रहाक परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । नेरुडेले स्थापनाकालदेखि नै बचत कर्जा कारोबार सँग सगै सामाजिक रुपान्तरणसँग सम्बन्धीत विभिन्न कार्यहरु गर्दै आईरहेको छ । गत आ.व.२०७८÷७९ मा मात्रै आफ्नाग्राहक सदस्य तथा उनीहरुको परिवारलाई १ करोड ५ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । जसमा ग्राहक सदस्यको मृत्यु भएकोमा ३४ लाख ६९ हजार, सदस्यको अभिभावको मुत्यृ भएकोमा काजक्रिया खर्च ५६ लाख ५७ हजार ५ सय वितरण गरीसकेको छ ।

त्यसैगरी ग्राहक सदस्यहरु सुत्केरी हुदाँ ७ लाख ८१ हजार, सर्पको टोकाई हुदाँउपचार खर्च रु. ६३ हजार ५ सय, घर आगलागी भएकोमा ७७ हजार ५ सय, बाढी पहिरोमा परेकाहरुलाई राहत स्वरुप १ लाख ८२ हजार, कोभिड संक्रमित भएकाहरुलाई पोषण खर्च वापत ३३ हजार र सदस्य तथा सदस्यका परिवारहरुमा दिर्घरोगी भई आम्दानीको श्रोत गुमाएर आर्थिक संकटमा परेकाहरुलाई २ लाख ६१ हजार ५ सय वितरण गरेको संस्थाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्