सुरक्षा कारबाहीमा परी पाकिस्तानमा एक सुरक्षाकर्मी र छ आतङ्कवादीको मृत्यु

<span class='c1'>सुरक्षा कारबाहीमा परी पाकिस्तानमा एक</span> <span class='c2'>सुरक्षाकर्मी र छ आतङ्कवादीको मृत्यु</span>

पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा छ आतङ्कवादीको मृत्यु भएको छ ।

देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त अन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो । सोही क्रममा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही चलाउँदा उनीहरूको मृत्यु भएको जनाइएको छ ।

सुरक्षा फौजले विभिन्न ठाउँमा खोजी तथा कारबाही अभियानलाई तिव्रताका साथ अगाडि बढाएको छ ।

सुरक्षा कारबाहीका क्रममा आतङ्ककारीहरूले प्रयोग गरेका हातहतियार तथा युद्ध बन्दोबस्तीका सामग्रीहरू पनि बरामद गरिएको छ ।

आतङ्कवादीहरूले शान्ति सुरक्षामा दखल पुर्याएको र मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही तिव्र पारेका हुन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्