भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित

<span class='c1'>भीषण वर्षा र बाढीले उत्तरी चीनको</span> <span class='c2'>लिओनिङमा ८० हजार  जनता प्रभावित</span>

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति भएको छ।

प्रदेशका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले बाढीको चेतावनीको स्तर नाघेको बताइएको छ । उनीहरू अहिले बाढीको पानी निकासी गर्न प्रयत्नशील छन् ।

बिहीबारदेखि शनिबारसम्मको मुसलधारे वर्षाको बीच अधिकारीहरूले प्रान्तका करिब ७०,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकेका छन्। रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्