जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी

<span class='c1'>जनार्दन शर्मालाई पुनः अर्थमन्त्री</span> <span class='c2'>नियुक्त गर्ने तयारी</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । स्रोतका अनुसार शर्मालाई आजै पद तथा गोपनियताको सपथ ग्रहण गराउने तयारी भईरहेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले गत असार २२ गते राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्