भारतमा कोरोना सङ्क्रमण केही घट्यो

<span class='c1'>भारतमा कोरोना सङ्क्रमण</span> <span class='c2'> केही घट्यो</span>

बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १९ हजार छ सय ७३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाखमा १९ हजार आठ सय ११ पुगेको छ । देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार तीन सय ३६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ४९ हजार सात सय ७८ पुगेको छ । कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार तीन सय ५७ जनाको मृत्यु भएको छ ।

महामारी शुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्