रूपन्देही । सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँ सहित भारत घर भएका ४६ वर्षीय आशि साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लु.६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।
फोटो:फाइल