भारतमा कोरोना सङ्क्रमण केही घट्यो

भारतमा कोरोना सङ्क्रमण केही घट्यो

बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १६ हजार चार सय ६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाखमा ३६ हजार दुई सय ७५ पुगेको छ । देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय सङ्क्रमित छन् ।

यसैगरी १९ हजार छ सय ७३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ६५ हजारभन्दा बढी पुगेको छ ।

कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार तीन सय ९६ जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्