लिबियामा इन्धन बोकेको ट्रक विस्फोटमा ६ जनाको मृत्यु

<span class='c1'>लिबियामा इन्धन बोकेको ट्रक</span> <span class='c2'>विस्फोटमा ६ जनाको मृत्यु</span>

लिबियाको दक्षिणपश्चिममा सोमबार इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको चिकित्सकहरूले बताएका छन्।

विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । उक्त ट्रक बेन्ट बयाह जिल्लास्थित पेट्रोल स्टेशनतर्फ जाँदै थियो। उक्त विस्फोटपछि नजिक रहेका कारहरूमा आगलागी भएको थियो र ठूलो भागदौड मच्चिएको थियो। दक्षिणी लिबियाको मुख्य शहर सेभाको एक अस्पतालका अधिकारीले एएफपीलाई छ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।सो अस्पतालमा ५० भन्दा बढी घाइतेहरू भर्ना गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको पनि बताइएको छ।
अन्तरिम प्रधानमन्त्री अब्दुलहामिद दबेबाले ट्वीट गर्दै सरकारले घटना बारे अनुसन्धान थालेको बताउँनु भएको छ। ‘हामीले घाइतेहरूलाई तत्काल प्रमुख अस्पतालमा लैजान क्राइसिस सेललाई निर्देशन दिएका छौं।" ट्विटमा लेखिएको छ ।

लिबियामा अफ्रिकाको सबैभन्दा ठूलो तेल भण्डार छ तर छिमेकी देशहरूमा हुने इन्धन तस्करीले पम्पहरू प्रायः रित्तै रहने गर्दछन् । गद्दाफीको सत्ताच्युतपछि लिबिया थप समस्याग्रस्त बनेको छ। रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्