उदयपुरको त्रियुगा खोलाले बगाएर १ जनाको मृत्यु

उदयपुरको त्रियुगा खोलाले बगाएर १ जनाको मृत्यु

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-७ कुबिण्डेका ५० बर्षीय बौवा चापागाईलाई त्रियुगा खोलाले बगाएर मृत्यु भएको छ ।

सोमवार बेलुका मुर्कुची बजारबाट घर तर्फ फर्कदै गरेका चापागाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा अचानक खोलाले बगाएको भन्ने खबर प्राप्त भएसंगै तत्काल प्रहरी चौकी सुकौराबाट प्रहरी टोली खटि गई खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा खोलाले बगाएका चापागाईलाई बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल मृत अवस्थामा फेला पारेको थिए ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्