इराकी प्रधानमन्त्रीद्धारा वार्ताका लागि आह्वान

इराकी प्रधानमन्त्रीद्धारा वार्ताका लागि आह्वान

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान गर्नुभएको छ । हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उहाँले राष्ट्रिय रुपमा सबै पक्ष वार्तामा बसेर नै अहिलेको राजनीतिक सङ्कटको समाधान गर्न सकिने बताउनुभएको हो ।

उहाँको कार्यालयले सोमबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा आन्दोलनमा रहेका सबै पक्षलाई राष्ट्रिय वार्तामा आउन आग्रह गरिएको छ र वार्ताकै माध्यमबाट सबै समस्याको हल गर्न सकिन्न भनिएको छ ।

मोहमद सिया अल सुडानीलाई प्रधानमन्त्री नियुक्त गरिएको विरोधमा त्यहाँको एक मुस्मिल समुदायले आल्दोलन गरिरहेको छ । सो समुदायले कहिले संसद भवनभित्रै छिरेर प्रदर्शन गर्ने त कहिले सडकमा हिंसात्मक प्रदर्शनहरु गर्ने गरेको छ ।सो समूहले शनिबारदेखि संसदमा नै अनसन सुरु गरेको छ । जुलाई २५ मा उहाँलाई प्रधानमन्त्री नियुक्त गरेपछि त्यसको विरोधमा यो आन्दोलन सुरु गरिएको हो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्