नाइजेरियामा सशस्त्र आक्रमणमा सात जनाको मृत्यु

नाइजेरियामा सशस्त्र आक्रमणमा सात जनाको मृत्यु

मध्य नाइजेरियाको पठार राज्यमा आइतबार राति भएको सशस्त्र आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका राज्य प्रहरीले जनाएको छ ।

अज्ञात बन्दुकधारीहरूले आइतबार राति राज्यको जोस दक्षिण स्थानीय सरकारको डान्डा चुग्वी गाउँमा हमला गरेका पठारमा प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

घाइते दुई जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको अलाबोले बताएका छन् । बन्दुकधारीहरुलाई पक्राउ गर्ने प्रयासका साथ अनुसन्धान भइरहेको उनले बताएका छन् ।

सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी देशमा हालैका महिनाहरूमा श्रृंखलाबद्ध रुपमा आक्रमणहरू भइरेहको पाइन्छ । यसै कारण नागरिक र सुरक्षाकर्मीहरुका मृत्यु भएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्