भलिबल सङ्घको अध्यक्षमा मास्केको उम्मेदवारी

<span class='c1'>भलिबल सङ्घको अध्यक्षमा</span> <span class='c2'>मास्केको उम्मेदवारी</span>

काठमाडौं । नेपाल भलिबल सङ्घको आगामी भदौमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

भलिबल सङ्घका वर्तमान उपाध्यक्ष मास्केले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली भलिबलको व्यावसायिकता र संस्थागत विकासका लागि नेतृत्वमा आफ्नो दाबी रहेको भन्दै उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाल भलिबल सङ्घको केन्द्रीय निर्वाचन भने आगामी भदौ २२ गते काठमाडौँमा हुँदैछ ।

उहाँले भलिबलको पूर्वाधार विकासदेखि प्रशिक्षण, प्रोत्साहन र प्रशासनिक सुधारको कार्यक्रमलाई अघि सार्ने बताउनुभयो । त्यसैगरी उहाँले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टोली निर्माण गर्ने, सोहीअनुसारको कार्यक्रम गर्ने, काठमाडौँसहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र सङ्घको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने भनाइ व्यक्त गर्नुभयो ।

त्यस्तै भलिबललाई विद्यालय तहदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म जोड्नेदेखि चार वर्षमा चार लाख नेपालीलाई भलिबलको प्रत्यक्ष सञ्जालमा जोड्ने महत्वकाङ्क्षी एजेण्डा रहेको उहाँले बताउनुभयो । कार्यसमिति सदस्यका रूपमा १६ वर्षअघि सङ्घमा प्रवेश गर्नुभएका उहाँले एक कार्यकाल कोषाध्यक्षका रूपमा समेत काम गरिसक्नुभएको छ । भलिबल नेपालको राष्ट्रिय खेलसमेत हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्