श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट,तपाईलाई पर्यो?

<span class='c1'>श्वेतगंगा हाइड्रोपावरको आईपीओ</span> <span class='c2'>बाँडफाँट,तपाईलाई पर्यो?</span>

काठमाडौं । बुधबार श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सोही शेयर यस दिन बाँडफाँट गरिएको हो।

निष्काशन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

सो आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको हो । सोमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ। अर्थात ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्