धनकुटाबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ

<span class='c1'>धनकुटाबाट लागुऔषध गाँजा सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं. ६ फेदी स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा शहिदभुमि गाँउपालिका ७ बस्ने २६ बर्षीय प्रदिप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् । मंगलबार दिउँसो करिब १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुठ्ठीटारबाट भेडेटार तर्फ जादै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट लागुऔषध गाँजा ५ किलोग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्