शंकास्पद यात्रु रहेको आशंकामा रोकिएको जहाज २ घण्टापछि मुम्बई प्रस्थान

शंकास्पद यात्रु रहेको आशंकामा रोकिएको जहाज २ घण्टापछि मुम्बई प्रस्थान

काठमाडौँ । काठमाडौंबाट भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको बिमानमा शंकास्पद व्यक्त्ति चढेको सूचनापछि प्रहरीले रोकेको जहाज करिब २ घण्टापछि मुम्बई प्रस्थान गरेको छ ।

कैलाली प्रहरीको सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले उक्त्त विमान रोकेर चेकजाँच गरेको थियो। जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लि‍एकामाथि अनुसन्धान गरिरहेको जनाइएको छ।

उक्त जहाजमा चालकदलका १४ जना र १२७ यात्रु थिए । कैलाली प्रहरीको सूचनापछि प्रहरीको विशेष टोलीले सबै यात्रुलाई ओरालेर जाँच गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्