नेप्से परिसूचक ६.७२ अंकले घट्यो

नेप्से परिसूचक ६.७२ अंकले घट्यो

काठमाडौं । शेयर बजार आज बुधबार बजार परिसूचक नेप्से ६.७२ अंकले घटेर २१८६.७७ विन्दुमा झरेको छ । मंगलबार पनि एकल अंकको सामान्य गिरावट भएको नेप्से बुधबार पनि घटेको हो । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ । व्यापार, हाइड्रोपावर र लघुवित्त उपसूचक भने बढेको छ ।

बुधबार नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब २९ करोडको कारोबार भएको बजारमा बुधबार ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २५ करोड ३४ लाख ३० हजारको कारोबार हुँदा अपी पावर कम्पनीको १५ करोड १७ लाखको कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८० कम्पनीको सेयर कारोबार भएकोमा ९६ कम्पनीको सेयरमूल्यवृद्धि ७७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकोमध्ये सामलिङ पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ । यस्तै युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य ८.९६ प्रतिशतले बढेको छ ।

यता स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य ३.९२ प्रतिशतले गिरावट हुँदा गुडविल फाइनान्सको सेयरमूल्य ३.४३ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्