‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’

‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आउनु भएकी उहाँले ताइवानी नेताहरूसँग आज भएको भेटमा उहाँले ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताउनुभयो ।

राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उहाँले विश्वभरि लोकतन्त्रको प्रवर्द्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गर्नुभयो । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उहाँ उच्च अमेरिकी अधिकारी हुनुहुन्छ ।

राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गर्नुभएकामा आभार व्यक्त गर्नुभयो । उहाँले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गर्नुभयो ।

कम्युनिष्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छभने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ । साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले कायम नै राखेको छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्